Saturday, April 20, 2024

निर्माण व्यवसायी संघ कञ्चनपुरको अध्यक्षमा निरन्जन भट्ट

प्रकाशित:

महेन्द्रनगर । निर्माण व्यवसायी संघ कञ्चनपुरको अध्यक्षमा निरन्जन प्रशाद भट्ट निर्वाचित भएका छन । संघको १४औँ कार्य समितिका लागि भएको निर्वाचनमा अध्यक्षमा भट्ट निर्वाचित भएका हुन । भट्टले आफ्ना प्रतिद्वन्दी पुष्पराज अवस्थीलाई ४२मतको अन्तरले हराउँदै अध्यक्षमा निर्वाचित भएका छन । भट्टले १५५ । अवस्थीले ११३मत ल्याएका छन । 

बरिष्ठ उपाध्यक्षमा राजेन्द्र प्रशाद चन्द निर्वाचित भएका छन । चन्दले आफ्ना प्रतिद्वन्दी अमर ब. बमलाई ५८मतको अन्तरले हराउँदै बरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका छन । चन्दले १७० र बमले ११२मत ल्याएका छन । 

उपाध्यक्षमा देव बहादुर चन्द निर्वाचित भएका छन । चन्दले निकटतम प्रतिद्वन्दी शक्ति पन्तलाई ८७मतको अन्तरले हराउँदै उपाध्यक्षमा निर्वाचित भएका छन । चन्दले १८५ र पन्तले ९८मत ल्याएका छन । 

महासचिव योगेन्द्र ठगुराठी निर्वाचित भएका छन । ठगुराठीले प्रतिद्वन्दी अमर मल्ललाई ५८मतको अन्तरले हराउँदै महासचिवमा निर्वाचित भएका छन । ठगुराठीले १६३ र मल्लले १०५मत ल्याएका छन । 

सचिवमा सुर्य बहादुर चन्द निर्वाचित भएका छन । चन्दले आफ्ना प्रतिद्वन्दी हेम महरालाई ११मतले हराउँदै सचिवमा निर्वाचित भए । चन्दले १३२ र महराले १२१मत ल्याएका छन । 

कोषाध्उक्षमा दिपक भट्ट निर्वाचित भएका छन । भट्टले निकटतम प्रतिद्वन्दी तेज बहादुर चन्दलाई १४मतको अन्तरले हराउँदै कोषाध्यक्षमा निर्वाचित भएका छन । भट्टले १२०, चन्दले १०६ र महेश खडकाले १३ मत ल्याएका थिए । 

सह कोषाध्यक्षमा यज्ञ बैज निर्वाचित भएका छन । वैजले निकटतम प्रतिद्वन्दी विष्णू सिहलाई २७मतको अन्तरले हराउँदै सह कोषाध्यक्षमानिर्वाचित भएका छन । बैजले १४२ र सिहले ११५मत ल्याएकाछन । निर्माण व्यवसायी संघ कञ्चनपुरको अध्यक्षमा निर्वाचित भएका अध्यक्ष निरन्जन प्रशाद भट्टले संघको संस्थाको दिगो विकासका साथै आम व्यवसायीको हकहितका क्षेत्रमा काम गर्ने प्रतिबद्धता दोहो¥याउनुभएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार