Thursday, April 25, 2024

गठबन्धनबाट भावी प्रधानमन्त्रीमा प्रचण्डको दावी, देउवाले मान्लान् त रु

प्रकाशित:

महेन्द्रनगर । सत्तारुढ गठबन्धनमा आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि सिट बाँडफाँडमा झमेला भइरहेका बेला नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्रीमा आफ्नो दावी राखेका छन् ।

प्रतिनिधिसभाको १६५ सिट संख्यामा अहिलेसम्म सहमति हुन सकेको छैन । प्रचण्डले भने यही क्रममा निर्वाचनपछि आफूलाई प्रधानमन्त्री बनाउनुपर्ने अडान राखेका हुन् ।

कांग्रेसले आधा लिने र बाँकीमा गठबन्धनका अन्य दल लड्ने सहमति भएको बुझिए पनि ठोस निष्कर्ष आएको छैन ।

केही नेताहरुका अनुसार प्रचण्डको यो प्रस्तावमा कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा पनि सकारात्मक भएको बताइएको छ ।

उता प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने अध्यक्ष केपी शर्मा ओलीलाई भावी प्रधानमन्त्रीको रुपमा अघि सारिसकेको छ ।

तर प्रचण्डको प्रस्तावमा कांग्रेस नेताहरु भने सहमत छैनन् । त्यस्तै, महामन्त्री गगनकुमार थापाले पनि आफू यसपटकको निर्वाचनमा भावी प्रधानमन्त्रीको रुपमा अघि बढ्ने घोषणा गरिसकेका छन् ।

आज बस्ने गठबन्धनका दलका शीर्ष नेताहरुबीचको छलफलमा सिट बाँडफाँडको टुंगो लगाइसकेपछि प्रधानमन्त्रीका विषयमा समेत छलफल हुने दावी गरिएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार