कञ्चनपुर। नेपाली कांग्रेसका नेता तथा पूर्व परराष्ट्र मन्त्री एनपी साउदले मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो तनावपूर्ण परिस्थितिप्रति गहिरो चिन्ता व्यक्त गरेका छन्।

कञ्चनपुर २ मा प्रतिनिधिसभाका उम्मेदवार समेत रहेका उनले उक्त क्षेत्रमा कार्यरत लाखौँ नेपाली श्रमिक दाजुभाइ तथा दिदीबहिनीहरूको सुरक्षालाई प्रमुख प्राथमिकतामा राख्नुपर्ने बताएका छन्।

वर्तमान जटिल अवस्थालाई ध्यानमा राख्दै उनले मध्यपूर्वमा रहेका सम्पूर्ण नेपाली समुदायलाई सुसूचित रहन र उच्च सतर्कता अपनाउन आग्रह गरे।

साउँदले स्थानीय सुरक्षा निकायले जारी गरेका निर्देशन तथा सुरक्षा मापदण्डहरूको पूर्ण पालना गर्न विशेष अनुरोध गरेका छन्।
साथै, उनले नेपाल सरकार, नेपाल सरकार, परराष्ट्र मन्त्रालय तथा सम्बन्धित देशस्थित नेपाली राजदूतावासहरूलाई त्यहाँ रहेका नेपाली नागरिकहरूको अवस्थाबारे उच्च सतर्कता अपनाउन, आवश्यक कूटनीतिक पहल गर्न तथा नागरिकको सुरक्षाप्रति संवेदनशीलता अपनाउँदै प्रभावकारी व्यवस्था मिलाउन आग्रह गरे।
मध्यपूर्व क्षेत्रमा देखिएको तनावपूर्ण परिस्थितिका कारण नेपाली समुदायको सुरक्षाप्रति विशेष ध्यान दिनुपर्ने आवश्यकता देखिएको छ।


