महेन्द्रनगरमा नौंलो प्रतियोगिता: श्रीकृष्ण जन्माष्टमीमा ‘मट्का फोड कम्पिटिशन’ हुँदै

प्रकाशित:

महेन्द्रनगर । कंचनपुरको महेन्द्रनगरमा श्रीकृष्ण जन्माष्टमीका अवसरमा नौंलो प्रतियोगिता हुने भएको छ । ‘पावर अफ युथ’ नामक संस्थाले श्रीकृष्ण जन्माष्टमीको अवसरमा सुदूरपश्चिममै पहिलो पटक ‘मटकी फोड’ प्रतियोगिता संचालन गर्नलागेको हो ।

मौलिक एवं सांस्कृतिक मुल्यमान्यतालाई जोगाउने मुख्य उद्देश्य सहित भगवान श्रीकृष्णको बाल्यकाल एवं श्रीकृष्ण जन्माष्टमीमा परम्परा देखी गरिदै आएको संस्कारको जगेर्नाकालागी दही राखिएको माटोको भाडो ‘मट्का’ फुटाउने लगायतका कार्य सहित ‘मटकी फोड’ प्रतियोगिता आयोजना गर्नलागिएको समजसेवी हेमराज भट्ट (हेमु) ले बताए ।

३१ साउन श्रीकृष्ण जन्माष्टमीको दिन उक्त प्रतियोगिता आयोजना गरिने भट्टले बताए । उक्त नौलो एवं संस्कृति जगेर्नाको कार्यलाई प्रवर्द्धन गर्नका लागी  सम्पुर्णको उपस्थिति आह्वान गरिएको छ ।

प्रतियोगितामा सहभागी हुनकालागि ३० साउन सम्म टिम दर्ता गरिसक्नु पर्नेछ । प्रतियोगिता महेन्द्रनगर स्थित खुला मञ्चमा हुने आयोजक पावर अफ युथले जनाएको छ ।

प्रतियोगितामा प्रथम हुने टिमलाई १५ हजार र दोस्रो हुने टिमलाई ७ हजार ५ सय रुपैयाँ पुरस्कार रहेको आयोजकले जनाएको छ । टिम दर्ताका लागि बर्गर हाउस महेन्द्रनगरमा सम्पर्क गर्न सकिनेछ ।

ताजा समाचार

सम्बन्धित समाचार