कञ्चनपुर। कञ्चनपुरमा लागुऔषध खैरो हेरोइनसहित दुई जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेमा भारतको टाटरगञ्जका ४५ वर्षीय चुम्मन सिंह र कञ्चनपुरको बेलडाँडी गाउँपालिका–२ चन्दनबस्तीका १८ वर्षीय किशोर छन्।
प्रहरीका अनुसार उनीहरुको साथमा ७४ मिलिग्राम लागुऔषध खैरो हेरोइन बरामद गरिएको छ।