कञ्चनपुरमा जंगली हात्तीको वितण्डा, मध्यरात भत्कायो घर

प्रकाशित:

कञ्चनपुर। कञ्चनपुरको लालझाडी गाउँपालिका– ४ खल्लाजाईमा जंगली हात्तीले तीन घर भत्काएको छ।

आइतबार राति स्थानीय हरिलाल टमाटा, शारदा टमाटा र ठग्गी कडाराको घर हात्तीले भत्काएको हो।

लालझाडी हात्ती पीडित संघर्ष समितिका अध्यक्ष दर्शन रानाले हात्तीको बथानले तीन स्थानीयको घर भत्काएको बताए।

उनका अनुसार हात्तीले कच्ची घर भत्काएर अन्न पनि नष्ट गरिदिएपछि हात्ती पीडित टमाटा र कडारा परिवारको विचल्ली भएको छ।

यस बर्ष गत असोजदेखि हात्तीले मानिस, भौतिक संरचना, घर अन्नबालीमा क्षति पु¥याउँदा समेत तीनै सरकारले हात्ती नियन्त्रणका लागि पहल नगरेको स्थानीयको दुखेसो छ।

ताजा समाचार

सम्बन्धित समाचार