सुदूरपश्चिममा ३ सय ९७ जुवाडे पक्राउ, २९ लाख पनि बरामद 

प्रकाशित:

कञ्चनपुर। सुदूरपश्चिममा डेढ महिनाको अवधिमा तास खेलिरहेको अवस्थामा ३ सय ९७ जना पक्राउ परेका छन्।

प्रहरीले दसैँ तिहारको अवधिमा उनीहरुको साथबाट २९ लाख ७ हजार २ सय ५४ रुपैयाँ पनि बरामद गरेको छ।

दसैँ तिहार लक्षित सुरक्षा योजनाअन्तर्गत सुदूरपश्चिमका ६ जिल्लाबाट ३ सय ९७ जनालाई पक्राउ गरेको हो।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार असोज १ गतेदेखि कार्तिक २० गतेसम्म जुवातास सम्बन्धि कसूरमा उनीहरुमाथि मुद्दा चलेको छ।

प्रहरीका अनुसार सबैभन्दा बढी कैलालीमा तास खेलिरहेको अवस्थामा १८४ जना पक्राउ परे।

उनीहरुको साथबाट ११ लाख ९ हजार ९ सय ८ रुपैयाँ बरामद भएको थियो।

कञ्चनपुरमा १५९ जनाका साथबाट ११ लाख ९० हजार ४ सय ५२ रुपैयाँ, अछाममा ९ जनाबाट ८६ हजार ८५ रुपैयाँ र डडेल्धुरामा २८ जनाका साथबाट ४ लाख ४१ हजार ८ सय ६९ रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ।

डोटीमा १२ जुवाडेका साथबाट १२ हजार ८ सय १० र बझाङ ५ जनाका साथबाट ६६ हजार १ सय ३० रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ।

ताजा समाचार

सम्बन्धित समाचार