कञ्चनपुरमा प्रहरीले समात्यो भारतबाट भित्रिएको साढे ५ लाखको सामान

प्रकाशित:

कञ्चनपुर। कञ्चनपुरको विभिन्न ठाउँबाट ५ लाख ६३ हजार ६ सय ८० रुपैया बराबरको अवैध सामान बरामद गरिएको छ ।

भीमदत्त नगरपालिका–२ भाँसी, भीनपा–१० भन्सार कार्यालय नजिक, भीनपा–११ चौकीसत्ता, भीनपा–१७ बाँसखेडा र पुनर्वास नगरपालिका–८ बाट उक्त रकमको अवैध सामान बरामद गरिएको हो।

भारतबाट भन्सार छलि गरि ल्याएकोे प्याज, चिनी, दाल, खानेतेल, मिठाई, पेय पदार्थ, बिडी, सुर्ती, सुटपिस, हार्डवेयर, कस्मेटिक, किरानाका सामान, प्लाष्टिक झिल्ली र मोटरसाइकल बरामद गरिएको प्रहरीले जनाएको छ।

ताजा समाचार

सम्बन्धित समाचार