बैतडीमा सवारी दुर्घटनामा ३८ जनाको मृत्यु

प्रकाशित:

बैतडी। बैतडीमा तीन बर्षको अवधिमा सडक दुर्घटनामा परेर ३८ जनाको मृत्यु भएको छ । जिल्लाका विभिन्न स्थानमा भएका दुर्घटनामा तीन बर्षको अवधिमा ३८ जनाको ज्यान गएको छ भने १ सय ३ जना घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक जनकराज ढुंगानाले जानकारी दिए ।

बढी जसो ग्रामीण कच्ची सडकमा दुर्घटना हुने गरेको पाइएको प्रहरी निरीक्षक ढुंगानाले बताए । मापसे गरेर सवारी साधन चलाउनु, तीव्र गतिमा सवारी साधन चलाउनु,सडकको स्तर राम्रो नहुनु लगायतका कारणले सडक दुर्घटना हुने गरेको प्रहरी निरीक्षक ढुंगानाले जानकारी दिए ।

बैतडीमा आर्थिक बर्षमा २०७८ ÷७९ मा सडक दुर्घटनामा परेर १५ जनाको मृत्यु भएको थियो भने १२ जना घाइते भएका थिए । यस्तै आर्थिक बर्ष २०७९÷८० मा १४ जनाको मृत्यु भएको थियो भने ६६ जना घाइते भएका थिए ।

यस्तै गत आर्थिक बर्ष २०८१÷८१ मा ७ जनाको मृत्यु भएको प्रहरी तथ्यांक छ भने २५ जना घाइते भएका छन् । चालु आर्थिक बर्षको अहिलेसम्म सडक दुर्घटनामा परेर तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

 

ताजा समाचार

सम्बन्धित समाचार