महेन्द्रनगरको मदन चोकमा २२ सटर निर्माण नगर्न अल्टिमेटम

प्रकाशित:

कञ्चनपुर । महेन्द्रनगरको मुटुमा रहेको मदनचोक स्थित खानेपानी संस्थानको अगाडी पट्टी भीमदत्त नगर विकास समीतीले निर्माण गर्ने भनिएका २२ सटरको विषयलाई लिएर संयुक्त युवा विद्यार्थीहरुले विरोध जनाएका छन् ।

मंगलबार संयुक्त युवा विद्यार्थीहरुले उक्त सटर निर्माण कार्बाही अगाडी नबढाउन भन्दै जिल्ला प्रशासन कार्यालय कञ्चनपुर र भीमदत्त नगर विकास समितिलाई २४ घण्टे अल्मिेटम दिएको छ ।

महेन्द्रनगर बजारको सौन्दर्यमा नै बाधक बनेको र एसियालि विकास बैंक (एडीबी) द्वारा सडक निर्माण गर्न आवश्यक परेको हुँदा भीमदत्त नगरपालिकाकाले व्यवसायगरि बसेका २२ ओटा सटरहरु भत्काएर सडक निर्माण तथा विस्तार कार्य थालेको थियो । यद्यपी सोहि ठाउँमा सम्बनिधत निकायले पुनः २२ सटर निर्माणका लागि डीपीआर तयार पार्ने बिषयलाई लिएर जिल्लाका विद्यार्थी युवाहरुले संयुक्त रुपमा बिरोध जनाएका छन ।

महेन्द्रनगर बजारको सौन्दर्यतामा ठेस पुग्ने कार्य नगर्न हुन लागेको अर्थात मदनचोकमा २२ सटर निर्माण नगर्नकालागि विद्यार्थीहरुले आग्रह गरेका छन् ।

सम्बन्धित निकायबाट लिजमा लिएका २२ सटरहरुको समयावधी सकिएको र कानुनी प्रावधानको बर्खिलाप नगर विकास समितिले पहिले २२ सटर लिजमा लिएर व्यवसाय गरिरहेकाहरुलाई नै पुनः सोहि ठाँउमा सटर निर्माण प्रक्रिया तत्काल रोक्नकालागि कञ्चनपुरका युवा विद्यार्थीहरु एकजुट भएका छन् ।

अन्यथा संघर्षका कार्यक्रमहरु सार्वजनिक गर्ने युवा विद्यार्थी नेता दिपेन्द्र सिंह एरीले बताए ।

ताजा समाचार

सम्बन्धित समाचार