स्कुल बसको ठक्करले ११ वर्षीया विद्यार्थीको मृत्यु, स्थानीयले बसमा आगजनी गरे

प्रकाशित:

स्कुल बसको ठक्करले ११ वर्षीया विद्यार्थी आरोही कुमारी मण्डलको मृत्यु भएको छ। धनुषाको रामजानकी बोर्डिङ स्कुलमा अध्ययन गरिरहेकी थिइन्। यो घटना आज  बिहान १० बजे भएको थियो। जनज्योति बोर्डिङ स्कुलको बस (नम्बर बा ३ प ९०६५) ले उनलाई ठक्कर दिएको हो।

ठक्करबाट गम्भीर घाइते भएकी आरोहीलाई प्रादेशिक अस्पताल जनकपुरमा उपचार गरिँदै गर्दा मृत्यु भएको थियो। घटनापछि स्थानीय बासिन्दाले बसमा आगजनी गरेका छन्। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।

ताजा समाचार

सम्बन्धित समाचार