कञ्चनपुर। बैतडीमा अटो दुर्घटना हुँदा ४ जना घाइते भएका छन्। दोगडाकेदार गाउँपालिका–३ खोचलेकमा अटो दुर्घटना भएको हो।
अटोमा सवार गर्भवती महिलासहित ४ जना दुर्घटनामा घाइते भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक जनक ढुंगानाले बताए।
दोगडाकेदार गाउँपालिका–२ की २५ वर्षीया पार्वती जोशी, सोही ठाउँकी ४५ वर्षीया बसन्ती जोशी, २५ वर्षीय राजेन्द्र भाट र पुर्चौडी नगरपालिका–९ का २० वर्षीय हिरा सार्की घाइते भएका छन्।
गर्भवती पार्वतीको अवस्था गम्भीर छ। एनको टाउको र खुट्टामा चोट छ। अन्य घाइतेको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। घाइतेको जिल्ला अस्पताल बैतडीमा उपचार भइरहेको छ।
शुक्रबार दिउँसो सु.प.प्र ०१००१ ह ६०७० नम्बरको अटो अनियन्त्रित भएर सडकबाट सय मिटर तल खसेको थियो। अटो चालक दार्चुलाको शैल्यशिखर–९ का २२ वर्षीय उमेश साउदलाई प्रहरीले नियन्त्रणमा लिएको छ।