कञ्चनपुरमा ७ लाख बढीको सामान बरामद

प्रकाशित:

महेन्द्रनगर। कञ्चनपुर जिल्लाको विभिन्न स्थानहरुमा प्रहरीले अवैध रूपमा भारतबाट भन्सार छलि ल्याइएका सामान नियन्त्रणमा लिएको छ।

भिमदत्त न.पा२, ऐठपुर, चौकीसत्ता, बेलौरी न.पा१ र नयांगाउका क्षेत्रहरुमा गरिएका गस्तीका क्रममा प्रहरीले चुरोट, सुर्ती, सरफ, चप्पल, प्याजको बिउ, पर्दाको कपडा, किसमिस, बदाम, पिस्ता, काजु, पेय पदार्थ, प्लास्टिक झिल्ली, र बोईलर कुखुरासहितका सामान फेला पारेको हो।

यी सामानहरुको कुल मूल्य अन्दाजी रु। ७,१२,६२०।– रहेको छ।

सामान जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र मातहत कार्यालयहरूबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारेर नियन्त्रणमा लिएको छ।

ताजा समाचार

सम्बन्धित समाचार