कञ्चनपुर। कैलालीको गौरीगंगा नगरपालिका–७ लहानुचोकबाट लागुऔषध खैरो हेरोइनसहित दुई युवक पक्राउ परेका छन्।
लहानुचोकस्थित दीपक धामीको खाली घरको कोठामा बसिरहेको अवस्थामा लागुऔषध भेटिएपछि उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, कैलालीले जनाएको छ।
पक्राउ पर्नेमा गौरीगंगा नगरपालिका–८ का २६ वर्षीय रुपेन्द्र कलेल र सोही ठाउँका २६ वर्षीय पदम बहादुर कलेल छन्।
धामीको खाली घरको कोठामा शंकास्पद रुपमा बसिरहेका अवस्थामा जाँच गर्दा कोठामा लुकाएर राखेको २ ग्राम ३५१ मिलिग्राम लागुऔषध खैरो हेरोइन बरामद गरिएको प्रहरीले जनाएको छ।