कञ्चनपुर। कञ्चनपुरमा लागु औषध खैरो हेरोइनसहित दुई किशोर पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालयका अनुसार बेलौरी नगरपालिका–६ खैरानाबाट उनीहरुलाई नियन्त्रणमा लिइएको हो।

धनगढी उपमहानगरपालिका–१३ का १६ वर्षीय किशोर र सोही ठाउँका अर्का १८ वर्षीय किशोरलाई खैरो हेरोइनसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।

उनीहरुको साथबाट १.९ ग्राम खैरो हेरोइन बरामद गरिएको हो।