कञ्चनपुर। कैलालीमा लागु औषधसहित ४ जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालयका अनुसार गोदावरी नगरपालिका–४ बास्कोटाका योगेश भट्टसहित ४ जना लागु औषधसहित समातिएका छन्।

करिब २ सय १० मिलिग्राम लागु औषध खैरो हेरोइनसहित शनिबार दिउँसो उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय कैलाली र ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोली नियन्त्रणमा लिएर उनीहरुमाथि अनुसन्धान गरिरहेको छ।


