पत्रकार केसीलाई पितृ शोक, रहेनन् रामपुर बिलासीपुरका जनप्रतिनिधि हर्कबहादुर

प्रकाशित:

कञ्चनपुर। कञ्चनपुरको महेन्द्रनगरबाट सञ्चालित रेडियो महाकालीका स्टेशन म्यानेजर भुपाल केसीलाई पितृशोक परेको छ। बुवा हर्कबहादुर केसीको निधन भएको छ।

बेलौरी नगरपालिका–१० शिवनगरबाट शुक्रबार बिहान ९ बजे शवयात्रा निकालिने पारिवारिक स्रोतले जनाएको छ। केसी तत्कालीन रामपुर बिलासीपुर गाविसका वडाध्यक्ष समेत हुन।

कञ्चनपुरको दक्षिणी क्षेत्रमा कम्युनिष्ट नेताको पहिचान बनाएका उनले नेकपा एमालेमा साविक रामपुर बिलासपुर गाविसको उपाध्यक्षको जिम्मेवारी सम्हालेका थिए।

वि.सं. ०५४ मा उपाध्यक्ष रहेका उनी ०५६ देखि ०५९ सम्म गाविस कार्यवाहक अध्यक्ष बनेका थिए। गाविस कमिटी हुँदै केसी एमाले जिल्ला कमिटी सदस्य समेत बने।

एमालेमा उनलाई इमानदार, सरल, निष्ठावान संघर्षशिल नेताका रुपमा चिन्छन्। कञ्चनपुरको विकास निर्माण र दक्षिण क्षेत्रको कम्युनिष्ट आन्दोलनमा उनले महत्वपूर्ण योगदान पु-याएको एमाले नेताहरु स्मरण गर्ने गरेका छन्।

ताजा समाचार

सम्बन्धित समाचार