सुदूरपश्चिमका २ जिल्लामा नयाँ सीडीओ

प्रकाशित:

कञ्चनपुर। गृह मन्त्रालयले ३६ जना उपसचिवको सरुवा गरेको छ। जसमा सुदूरपश्चिमका दुई जिल्लामा गृहले नयाँ प्रमुख जिल्ला अधिकारीलाई पठाइएको छ।

मन्त्रालयले ३६ उपसचिवको पदस्थापन तथा सरुवा गर्दा १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) र केही जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी फेरिएका छन्।

बझाङमा सीडीओको रुपमा ओमप्रसाद भट्टराई र बाजुरामा मेघनाथ पाध्यालाई गृहले पठाएको हो। यस्तै, मन्त्रालयले रामेछापमा राजुप्रसाद पौडेल, डोल्पामा रोमबहादुर महत, मनाङमा मात्रिका आचार्य र मुगुमा कमल प्रसाद पाण्डेलाई प्रमुख जिल्ला अधिकारीका रुपमा पठाएको छ।

त्यस्तै रुकुम पूर्वमा रुद्रप्रसाद न्यौपाने, दैलेखमा नवराज जैसी, हुम्लामा नारायण पाण्डेय, मुस्ताङमा विष्णुप्रसाद भुसाल, रसुवामा अर्जुन पौडेल, जुम्लामा रामबहादुर शाही प्रमुख जिल्ला अधिकारी बनेका छन् ।

गृह मन्त्रालयले १२ जना सहायक प्रमुख जिल्ला अधिकारीको पनि सरुवा गरेको छ। जसअनुसार मोरङमा विनोदकुमार पोखरेल, सुर्खेतमा टोपेन्द्रबहादुर केसी, गोरखामा सुवासकुमार लामिछाने, ओखलढुंगामा वेदनिधि खनाल, बाँकेमा खडानन्द खत्री सहायक प्रमुख जिल्ला अधिकारी बनेका छन्।

त्यस्तै तनहुँमा जीतबहादुर भण्डारी, अर्घाखाँचीमा लालबहादुर गुरुङ, पर्सामा सुमनकुमार कार्की, जाजरकोटमा बन्दना केसी, मकवानपुरमा धोलकराज ढकाल, सुनसरीमा लोकमान श्रेष्ठ र सल्यानमा ज्ञाननाथ ढकाल सहायक प्रमुख जिल्ला अधिकारीका रुपमा सरुवा भएका छन्।

ताजा समाचार

सम्बन्धित समाचार