योगेशको प्रचण्डलाई प्रश्नः तपाईंका लागि हतियार बोक्ने रोल्पाका मगर कहाँ छन् ?

प्रकाशित:

काठमाडौँ । एमालेका सांसद योगेश भट्टराईले प्रचण्डले महिला, दलितका नाममा फेरि आगो बाल्न खोजेको भन्दै त्यो सम्भव नभएको बताएका छन् ।

शुक्रबार प्रधानमन्त्रीले विश्वासको मत लिने क्रममा उनले प्रधानमन्त्रीले आज युद्धमा सहयोग गर्ने रोल्पाका मगरहरू कहाँ गए भनेर प्रश्न गरे । उनले संसद्‌मा महिला र दलितको प्रतिनिधित्वको मुद्दा एमालेको रहेको बताए ।

उनले संविधानमाथि हमला भएको बताउँदै संविधानको पुनरावलोकन र संशोधन २०७२ सालको अग्रगमनको लागि भएको बताए । उनले भने– ‘जाति, भाषा, धर्म, मधेश, दलित, महिला आज प्रधानमन्त्रीजीलाई झलझली याद भयो ।

तपाईंका लागि हतियार बोक्ने रोल्पाका मगर कहाँ छन् रु तपाईंका लागि हतियार बोकेका तमाम दलित युवाहरू आज कहाँ छन् रु खोज्नुभो रु आज कसरी आयो एकाएक रु म भन्न चाहन्छु, यो संसद्‌मा सङ्ख्या कम होला प्रत्यक्षबाट निर्वाचित भएर आउने दलित सांसद कोहीसँग छ भने एमालेसँग छ ।’

सांसद भट्टराईले एमालेबाट प्रत्यक्ष जितेर आउने महिला सांसद रहेको बताउँदै अब महिला र मधेशका आधारमा आगो बाल्न सम्भव नभएको उल्लेख गरे ।

ताजा समाचार

सम्बन्धित समाचार