कञ्चनपुरमा बच्चाले आगो खेलाउँदा २ घरमा आगलागी, ७ लाख बढीको क्षति

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरमा बच्चाले आगो खेलाउँदै क्रममा २ घरमा आगलागी भएको छ । बेलडाँडी गाउँपालिका–४ बैवाह बस्ने जैशी बुढाको घरमा आगलागी भएको हो ।

नजिकै बच्चाहरु प्लास्टिक जलाई आगो खेलाउँदै क्रममा हावा हुरीले आगो उडाई दुईवटा घरमा आगलागी भएको हो।

आगलागी हुँदा घर र घरभित्र रहेका नगद, सुन, खाद्यान्न, भाँडा,वर्तन, लत्ता कपडा, नागरीकता, लाल पुर्जा, जन्म दर्ता, काठ लगायतका सामान गरि अन्दाजी ७ लाख २२ हजार २५० बराबरको धनमाल जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय बेल्डाँडीले जनाएको छ ।

प्रहरी र स्थानियको सहयोगमा आगलागी नियन्त्रणमा लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार