अत्तरिया पुरानो मन्दिर दुर्गा मन्दिरको आज एक समारोहका बिच गोदावरी नगरपालिका नगर प्रमुख विरेन्द्र भट्टले सिलन्यास गर्नु भएकोछ ।

सिलन्यास समारोहलाई सम्वोधन गर्दै, मेयर भट्टले आफु धर्मप्रति आस्था वान भएको प्रसङ्गहरु उल्लेख गर्दै,सामाजिक रुपमै मन्दिर धरोहर संस्था भएकाले मठमन्दिरहरुको सबैमिलेर सरक्षण गर्नुपर्छ भन्नु भयो .

आज सिलन्यास भएको मन्दिर करिव १० लाखको लागतमा निमार्ण हुन लागेको भन्नु हुदै,आफुले व्यक्तिगत नगरको तर्फबाट पनि सहयोग रहने बताउनु भएकोछ ।

दुर्गा मन्दिर धार्मिक महिमाहरुले समेटेको यस मन्दिरको उजागर गर्न र सबैले यसको विकास र समृद्धिको लागि सबैले लाग्न समेत मेयर भट्टले आग्रह गरेका छन् ।


