महेन्द्रनगर । करोडौंको लगानीमा व्यापार सुरु गरेको महेन्द्रनगरको प्रतिष्ठित फर्निचर उद्योग, न्यू अपी फर्निचर ईण्डष्ट्रिजले नयाँ वर्ष २०८१ सालको प्रारम्भको उपलक्ष्यमा बिक्रि सेवा केन्द्र थप गरेको छ ।

महेन्द्रनगर अनाथालय नजिक सञ्चालनमा रहेको न्यू अपी फर्निचर ईण्डष्ट्रिजले नयाँ वर्षको अवसर पारेर भीमदत्त–१६ मझरगाँउ (बाह्रसिंगे चोक नजिक) आफ्नो बिक्रि सेवा केन्द्र विस्तार गरेको सञ्चालक दिपेन्द्र बहादुर चन्दले बताए ।

मंगलबार मझ्गाउँमा नेपाल प्रहरीका पुर्व एआइजी दिपेन्द्र बहादुर बिष्ट बाट रिबन काटेर ओैपचारिक रुपमा न्यू अपी ट्रेड एण्ड सप्लायर्सको उद्घाटन गरिएको बिष्णुदत्त बडूले बताए ।

उक्त कार्यक्रममा समावसेवी एवं कञ्चनपुर पुस्तक व्यवसायी संघका सल्लाहकार नवराज भट्ट लगायतका उद्योगी व्यापारी एवं समाजिक व्यक्तित्वहरुको उपस्थिती रहेको थियो ।
न्यू अपी फर्निचरका जुनसुकै बिक्रिसेवा केन्द्रबाट पनि समान खरिद गर्न चाहने ग्राहकहरुका लागि नयाँ वर्षको उपलक्ष्यमा १० प्रतिशत छुटको व्यवस्था रहेको सञ्चालक चन्दले बताए ।


