रञ्जिताले दिइन रेशमलाई काउन्टर

प्रकाशित:

महेन्द्रनगर । नागरिक उन्मुक्ति पार्टीभित्रको विवाद थप चर्किदै गएको छ। विशेष गरी पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ र संरक्षक रेशमलाल चौधरीबिच विवाद चर्किदै गएको हो। एउटाले गरेको निर्णय अर्कोले स्वीकार नगर्ने अवस्था सिर्जना भएको छ। अध्यक्ष रञ्जिताले कारबाही गर्ने व्यक्ति रेशमका प्रिय बन्ने गरेका छन भने रेशमले हप्काएका व्यक्ति रञ्जिताका प्रिय बन्नेसम्मको गतिविधि पार्टीभित्र भइरहेको छ।

अध्यक्ष रञ्जिताले रेमश पक्षले बोलाएको बैठक आधिकारिक नभएको सूचना निकालेर विरोध गरेकी छन्। टीकापुर महाधिवेशन ९जसलाई निर्वाचन आयोगले मान्यता दिएन० बाट महासचिव बनेका गंगाराम चौधरीले सोमबार सूचना निकालेर चैत २३ र २४ गते बैठक आह्वान गरेका छन्।

उनले पार्टीको महत्वपूर्ण विषयमा छलफल गर्नुपर्ने भएकाले सक्कल नागरिकता र मतदाता परिचयपत्र लिएर आउन भनेका थिए। तर मंगलबार रञ्जिता ९जसलाई निर्वाचन आयोगले वैधानिकता दिएको छ० ले मंगलबार त्यो बैठक आधिकारिक नभएको बताएकी छन्। केन्द्रीय सदस्य तथा पदाधिकारीलाई सम्बोधन गर्दै उनले निकालेको सूचनामा २३ र २४ गते बोलाएको बैठक आधिकारिक नभएको उल्लेख गरेकी छन्।

नाताले रञ्जिता र रेशम श्रीमान÷श्रीमती हुन्। तर श्रीमानरश्रीमतीबिचको खटपटले पार्टीका नेता नै तिरवितरको अवस्थामा पुगेका छन्। विशेष गरि सुदूरपश्चिम प्रदेश सरकारको विषयलाई लिएर श्रीमानरश्रीमतीबिच सम्वन्ध चिसिन पुगेको छ। पार्टी अध्यक्ष रञ्जिताले हाल काँग्रेस नेतृत्वको प्रदेश सरकारबाट आफ्ना सांसदलाई बाहिरिन निर्देशन दिएकी छन्। तर रेशमले अहिलेकै नेतृत्वलाई साथ दिनुपर्ने अडानमा छन्। यही विषयमा हिजो पार्टी केन्द्रिय कार्यालयको बैठकमा दुबै पक्षका नेताबिच भनाभन मात्र भएन ज्यानै जान सक्ने धम्कीसमेत आएपछि पार्टीभित्र खैलाबैला मच्चिएको छ।

 

ताजा समाचार

सम्बन्धित समाचार