धनगढी । कैलालीको टीकापुरका दुई युवक लागूऔषधसहित पक्राउ परेका छन्। टिकापुर नगरपालिका-१ ब्लक नम्बर १४ स्थित सडकबाट २१० मिलिग्राम लागूऔषध ९खैरो हेरोईन०सहित टिकापुर नगरपालिका-0९ बस्ने २४ वर्षीय रोसन साउद र २७ वर्षीय योगेश साउदलाई बिहीवार साँझ प्रहरीले पक्राउ गरेको हो।

ईलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले उनीहरुको साथबाट उक्त पदार्थ फेला पारी पक्राउ गरेको जनाएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।



