एक जनाको मृत्यु, तीन जना पक्राउ

प्रकाशित:

धनगढी । कैलालीको धनगढीमा एक जनाको मृत्यु भएको छ। धनगढी उपमहानगरपालिका(८ धनगढी गाउँमा आज बिहान ५ बजेको समयमा ३० वर्षीय महेश रानाको मृत्यु भएको ८ नम्बर वडाका वडा सदस्य सुरेन्द्र रानाले जानकारी दिए।

मृतक रानाको घटनामा संलग्न रहेको भन्दै प्रहरीमा जाहेरी दिएकोमा तीन जनालाई प्रहरीले पक्राउ गरेको रानाले बताए। पक्राउ पर्नेमा पाण्डे चौधरी, जुगराम चौधरी र विदेशी चौधरी रहेको मृतकको दिदिले बताएकी छिन्। घटना रहस्यमय भएकाले थप अनुसन्धान प्रहरीले गर्ने वडा सदस्य रानाले बताए।

ताजा समाचार

सम्बन्धित समाचार