बाल विवाह न्यूनीकरण गर्न कानुन कार्यान्वयन भएन

प्रकाशित:

धनगढी । बाल विवाह न्यूनीकरण गर्नका लागि कानुन कार्यान्वयन गर्न सम्बन्धित निकायलाई दवाब दिनुपर्ने कुरामा सरोकारवालाहरुले जोड दिएका छन् । युवा गठबन्धन विकासुले आइतवार धनगढीमा आयोजना गरेको मिडिया संवेदनशिलता र परिचालन सम्बन्धी अन्तरक्रियामा सहभागीहरुले बाल विवाह रोक्नको लागि कानुन कार्यान्वयमा जोड दिनुपर्ने बताएका हुन्।

बाल विवाह रोक्नका लागि सञ्चारकर्मीहरुले भएका ऐन कानून कार्यान्वयनमा योगदान पुग्ने गरी कमल चलाउन आवश्यक रहेको पत्रकार महासंघ कैलाली शाखाका अध्यक्ष हिमालय जोशीले बताए। उनले बाल विवाह लगायत किशोर किशोरीहरुका समस्या समाधान गर्न सबैले लाग्न आवश्यक रहेको बताए।

बढ्दो सामाजिक सञ्जालको दुरुपयोगले गर्दा पनि बाल विवाह लगायत समाजमा विभिन्न घटनाहरु बढ्ने क्रममा रहेको कार्यक्रममा सहभागी सञ्चारकर्मीहरुको भनाइ छ । युवा गठबन्धन विकासका टिम लिडर महेन्द्र शाहीले संस्थाले यौन तथा प्रजनल स्वास्थ्य सम्बन्धी सचेतना मुलक कार्यक्रमहरु गर्दै आइरहेको बताए । कैलाली–कञ्चनपुरका ६ वटा विद्यालयमा कार्यक्रमहरु गर्दै आइरहेको उनले जानकारी दिए।

उनका अनुसार कैलालीको धनगढी उपमहानगरपालिका र गोदवारी नगरपलिकाका दुईरदुई वटा स्कुल र कञ्चनपुरको कृष्णपुर नगरपालिकाका दुई वटा स्कुलमा कार्यक्रम सञ्चालनमा छ। ुनेपालमा किशोर किशोरी यौन तथा प्रजनन स्वास्थ्य वर्तमान अवस्थाु बारे सेती प्रादेशिक अस्पतालका सामाजिक सेवा इकाइ प्रमुख गौरीदत्त जोशीले प्रस्तुतिकरण गरेका थिए।

 

ताजा समाचार

सम्बन्धित समाचार