कृष्णपुरमा छाडिएका पशु चौपाया व्यवस्थापनका लागि महायज्ञ

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरको कृष्णपुर नगरपालिकामा छाडिएका पशु चौपाया व्यवस्थापनका लागि भोलीदेखि महायज्ञ संचालन हुन् लागेको छ् । आइतबार देखि कृष्णपुर नगरपालिका–४ बिन्द्रावनमा छाडिएका पशु चौपाया व्यवस्थापनका लागि उक्त महायज्ञ संचालन हुन लागेको हो । ग्वाँसी समैजी गौशाला व्यवस्थापन समिति र कृष्णपुर नगरपालिका–४ को आयोजनमा महायज्ञ संचालन हुन लागेको जनाईएको छ् ।

त्यसैगरी कृष्णपुर नगरपालिका–४ का वडाध्यक्ष धर्म बहादुर सिंहले महायज्ञको तयारी पुरा भएको बताए । उनले भने, ’अहिले नै ७ सय पशु चौपाया व्यवस्थापन भईरहेको छ् भने, बाँकी महायज्ञ मार्फत संकलन हुने स्रोतबाट गरिने छ् । महायज्ञको उद्घाटन प्रतिनिधी सभा सदस्य एव पुर्वमन्त्री एनपी साउदले गर्ने कार्यक्रम रहेको उनले बताए ।’ वडाध्यक्ष सिंहले छाडिएका पशु चौपाया ल्याएर उनीहरुको वैज्ञानिक तरिकाले व्यवस्थापन गर्ने उनको भनाई छ् । कृष्णपुर नगरपालिकाका नगर प्रमुख हेमराज ओझाले नगरपालिकाबाट उत्तरी क्षेत्र १ र ४ मा ठुलो परिमाणमा पशु चौपाया व्यवस्थापन कार्यक्रम अघि बढाउन खोजिएको बताए ।

उनले भने,’महायज्ञ मार्फत नागरिकलाई गाई प्रतिको महिना बढाउने देखि छाडिएका पशु चौपायाको उचित व्यवस्थापन गरिने छ् भने, हामीले पशु चौपायाको व्यवस्थापन कार्य फरक ढङगबाट गरेको नगरप्रमुख ओझाले बताएका छन् ।’ त्यसैगरी एकातिर नागरिकलाई समेत गाई प्रति उत्तरदायी बनाउने अर्कारित छाडिएका पशु चौपाया नियन्त्रण गर्दै उनीहरुको उचित व्यवस्थापन गरेर बहुपयोग काम नगरप्रमुखले बताए ।

आयोजकका अनुसार चैत ३ गतेसम्म संचालन हुने महायज्ञमा गाई सरक्षणका लागि स्रोत जुटाउनुका साथै नागरिकहरूलाई गाई सरक्षणका कामकाज प्रति कर्तव्यनिष्ठ बनाउने आयोजकको संकल्प रहेको छ् । ग्वाँसी समैजी गौशाला व्यवस्थापन समितिका अध्यक्ष भक्त बहादुर खडकाले समाजिक कामका लागि सरोकारवाला निकायले समेत साथ सर्मथन सहयोगको अपिल गर्दै आएका छन् । स्थानीयहरूले छाडा पशु चौपाया व्यवस्थापन कार्यमा नागरिक सहित स्थानीय सरकार अग्रसरदेखि छाडा पशुचौपायाबाट राजमार्गदेखि खेतबारीसम्म हैरान भएका यात्रुदेखि किसान समेत हर्षित भएका बताएका छन्

 

ताजा समाचार

सम्बन्धित समाचार