बाजुरा । बडिमालिका नगरपालिका मेड्पा परियोजना प्रमुख रन्जीता शाहीले आफ्नै कर्मचारी माथि हातपात गरेकी छन । शुक्रबार दिउँसो कार्यालय समयमै शाहीले आफ्नै कर्मचारी कबिता कुमारी सुर्यबंसीमाथी हातपात गरेकी हुन ।नगरपालिकामा नयाँ प्रमुख प्रशासकिय अधिकृत आइसकेपछी दैनिक कामको बिवरण सहितको कार्यसम्पादन गर्ने नियम बनाएपछि कार्यसम्पादन कागजात शाखा प्रमुखले च्यातेर फालिदिएपछी बिबाद हुदै चर्काचर्की भएको र पछी हातपात गरेको कर्मचारी कबिता कुमारी सुर्यबंसीले बताइन् ।

प्रमुख प्रशासकिय अधिकृतले कार्यसम्पादन सम्बन्धी डकुमेन्ट दिएको र सो डकुमेन्ट शाखा प्रमुख शाहीले च्यातिदिएपछी बिबाद सुरु भएको उनले बताईन् । उनि कुटिएपछी टाउकोमा चोट लागेर जिल्ला अस्पताल बाजुराको आकस्मीक कक्षमा उपचारमा रहेको बताइन ।

कार्यालय प्रमुखको कक्षमा कर्मचारी सुर्यबंसी पिरमर्का पोख्दै गर्दा एकाएक बेहोस भएर अस्पताल पठाएको प्रमुख प्रशासकिय अधिकृत बम बहादुर केशीले बताए । दुबै कर्मचारीहरु बिच आन्तरिक द्धन्द्ध हुँदै आएको हुनाले हुनसक्छ कार्यलयमा भनाभन र लुछाचुडी भएको कुरा सामान्य जस्तै हो प्रमुख प्रशासकिय अधिकृत केशीले भने । आफु आज धनगढी जानुपर्ने भएकोले सो कुरालाइ आफु आइसकेपछी मिलाउने बताए । यता कर्मचारी कबिता कुमारी सुर्यबंसीले भने पहिला देखी शाखा प्रमुख शाहीले आफुलाई हेप्दै आएको बताइन् ।

शुक्रबारको घटना बाहिर आए पनि यस अघि पनि कार्यालयमा छाडा गालि गर्ने र हेप्ने गरेको बताइन । सुर्यबंसीले भनिन कार्यालयमा शाहीले परियोजनाको पैशा समेत हिनाबिना गरेको सामान खरिद गर्दा आफ्नै मनपरी गरेको कुरा उठाउदा आफुमाथी आक्रमण भएको बताएकी छन ।
शाखा प्रमुख जिम्मेवारी पाएकी शाहीले परियोजनाका बारेमा समन्वय, सहकार्य नगरि कार्यक्रम एकलौटी चलाउदै आएकी र आफुले सो कुराको बिरोध गर्दा आफुले हेपिनु परेको आरोप समेत लगाएकी छन । बडिमालिका वडा नम्मर २ मा प्रबिधी बितरण कार्यक्रम अन्तरगतको ६ लाख रुपियाँ हिनाबिना गरेको र सो उजुरी न्यायीक समितिमा गएको बताएकी छन । न्यायिक समितिले पनि हालसम्म सो मुद्धा नहेरिदिएको समेत बताइन । बडिमालिका खबर


