दोधारा चाँदनीका मृगौला पिडित मान बहादुरको उपचारमा सहयोग

प्रकाशित:

दोधारा । दोधारा चाँदनीका वडाध्यक्ष केशव खत्रीले ‘मान बहादुर सुनार बचाउ’ अभियानमा संकलन भएको रकम हस्तान्तरण गरेका छन् । शनिवार मान बहादुर सुनारकै घरमा पुगेर दोधारा चाँदनी नगरपालिका– ५ का वडाध्यक्ष केशव खत्रीले रु। १२ हजार ८ सय रुपिँया हस्तान्तरण गरेका छन् ।

दोधारा चाँदनी नगरपालिका– १० निवासी वर्ष अन्ताजी ५८ का मान बहादुर सुनारको दुई वटै मृगौलामा समस्या भएको हुदा उनको बचाउको लागी वडाध्यक्ष केशव खत्रीले ‘मान बहादुर सुनार बचाउ’ अभियान सुरु गरेका हुन् । वडाध्यक्ष केशव खत्रीले ‘मान बहादुर सुनार बचाउ’ अभियान सुरु भएको घोषणा संगै रकम संकलन कार्यलाई अघि बढाईएको हो । ‘मान बहादुर सुनार बचाउ’ अन्तर्गत वडाध्यक्ष खत्रीले आफैबाट ५ हजार १ सय ५० रुपिँया रकम मान बहादुर सुनारलाई सहयोग गरि ‘मान बहादुर सुनार बचाउ’ अभियानको सुरुवात गरेका छन् ।

यस्तै बिजय प्रधान फाउण्डेशनको तर्फ देखि दोधारा चाँदनी नगरपालिका– ६ निवासी तथा रोजगारीको सिलसिलमा रहेका कतार रहेका तत्कालिन दोधारा गाबिसका प्रधानपञ्ज बिजय बहादुर नेपालीका छोरा दिपक नेपालीले रु। ५ हजार १ सय ५० रुपिाया रकम दिने घोषणा गरेका थिए । बिगत लामो समय देखि सुनार मृगौलाको समस्याले ग्रसित बन्दै आएका मान बहादुर सुनार आर्थिक अवस्थाले समेत ग्रसित छन् ।

अहिले उनको भारतको भोजीपुराको अस्पतालमा उपचार भईरहेको छ् । लामो समय देखि उपचारमा रकम खर्च भएर निरास बन्दै आएका सुनारका घरपरिवारले अभियानले उपचार कार्यमा सहयोग पुग्ने बिश्वास राखेका छन् । आर्थिक अवस्था दैनिय रहेको मान बहादुर सुनारको जम्मा एक कट्टा जग्गा छ् ।

घरमा कमाउने एक मात्र सदस्य मान बहादुर सुनार मृगौलाको समस्याले ग्रसित बन्दै आएपछि उनको आम्दानीको श्रोतनै बन्द भएको हो । वडाध्यक्ष खत्रीले दोधारा चाँदनी नगरपालिका क्षेत्रमा गरिब तथा विपन्नहरुलाई आफ्नो पाउने सेवा सुबिद्याबाट दुखी गरिव, बिपन्न, बिद्यार्थी, तथा खेलाडीहरुलाई सहयोग गर्दै आएका छन् ।

ताजा समाचार

सम्बन्धित समाचार