बझाङमा एक वडाध्यक्षका ११ बाख्रा बाघले खायो

प्रकाशित:

महेन्द्रनगर । बझाङमा एक जना वडाध्यक्षका ११ बाख्रा बाघले खाएको छ । बझाङको थलारा गाउँपालिका वडा नं. २ का वडाध्यक्ष रबिन्द्र खातीका ११ वटा बाख्रा बाघले खाएको हो ।

शनिवार स्थानीय जंगलमा चराउन लागाएका १८ बाख्रा मध्ये बाघले ११ बाख्रा बाघले खाएको हो । सुदूरपश्चिम प्रदेश प्रहरी धनगढीका अनुसार थलारा गाउँपालिका–२ का वडाध्यक्ष खातीका ११ वटा बाख्रा कालापानी बिनौना जङ्गलमा चराउन लगाएको समयमा बाघले मारेको बताएको हो ।

वडाध्यक्ष खातीका ६ वटा बाख्रा बाघको मुखबाट बचेको बताइएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार