महेन्द्रनगरको खुला मञ्चमा आइतबारदेखि राष्ट्रिय भलिबल प्रतियोगिता हुने

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरमा मुख्यमन्त्री पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता हुने भएको छ । महेन्द्रनगरको खुला मञ्चमा माघ १४ गतेबाट तेस्रो मुख्यमन्त्री पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता हुने भएको हो ।

सुदूरपश्चिम खेलकुद परिषद्को आयोजना एवं कञ्चनपुर जिल्ला भलिबल संघको समन्वय व्यवस्थापनमा प्रतियोगिता हुने जिल्ला भलिबल संघ कञ्चनपुरका अध्यक्ष श्यम सिंह मौनीले बताए ।

उक्त भलिबल प्रतियोगितामा सातै प्रदेशसहित तीन विभागीय गरेर १० टिमको सहभागिता हुनेछ । प्रतियोगिता विजेता टिमलाई नगद चार लाख, उपविजेतालाई दुई लाख र तेस्रो हुने टिमलाई एक लाख नगदसहित ट्रफी, मेडलका साथै प्रमाणपत्र प्रदान गरिनेछ ।

चौथो हुने टिमलाई सान्त्वनास्वरूप ५० हजार नगद पुरस्कारसमेत प्रदान गरिने जिल्ला भलिबल संघ कञ्चनपुरका अध्यक्ष श्यम सिंह मौनीले बताए ।

ताजा समाचार

सम्बन्धित समाचार