कञ्चनपुरमा टेक्टरको ठक्करबाट एक बालिकाको मृत्यु,स्थिती तनाबग्रस्त

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरमा टेक्टरको ठक्करबाट एक जना बालिकाको मृत्यु भएको छ । जिल्लको बेलडाँडी गाउँपालिका आरक्षपिडित शिविर नजिक टेक्टरले ठक्कर दिदा एक बालिकाको घटना स्थलमै मृत्यु भएको हो ।

उखु बोकेको सु.प्र.प्र.०१०२त त १७१३ नम्बरको टेक्टरले शनिबार साझ ५ः३० बजे शिविरमा बस्ने १० वर्षीय अरपिता शिहंको टेक्टरले ठक्कर दिदा घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता डिएसपी प्रकाश डागिले बताएका छन् । उखु बोकेर बेलौरी तर्फ गईरहेको टेक्टरले बाटो काटिरहेकि बालिकालाई ठक्कर दिएको स्थानिय कमल मल्लले जानकारी दिएका छन् । बालिका मृत्युको विरोधमा आफन्तले कलुवापुर सडक खन्ड अबरुद्ध गर्नुका साथै टायर बालेका छन् । मृतक बालिकाका बुवा पहाड भएकोले उनि आउदासम्म शव नउठाउने आफन्तको भनाई रहेको छ । अहिले घटना स्थलको सुरक्षा व्यावस्थामा कडा पारिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार