हरिहर स्नान घाटमा मकर मेला तथा धार्मिक पर्यटन महोत्सव हुने

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरको हरिहर स्नान घाटमा मकर मेला तथा धार्मिक, सांस्कृतिक पर्यटन महोत्सव २०८० आयोजना हुने भएको छ ।

कञ्चनपुरको भीमदत्त–१२ हरिहर स्नान घाट (महाकाली नयाँ पुल नजिक) स्थित बैजनाथ शिद्धनाथ मन्दिरमा यहि पुस २८ गते देखि माघ १ गते सम्म मकर मेला तथा सांस्कृतिक कार्यक्रम हुँने भएको छ ।

श्री बैजनाथ शिद्धनाथ मन्दिर सेवा समिति भिनपा–१२ द्वारा महाकाली नदी किनारमा रहेका धार्मिक महत्वका स्थानहरुको बारेमा विज्ञहरुद्वारा श्रव्य दृष्य सहितको प्रस्तुती समेत रहने जनाइएको छ ।

आयोजक श्री बैजनाथ शिद्धनाथ मन्दिर समितिले उक्त मकर मेला तथा धार्मिक पर्यटन महोत्सव २०८० मा सबैको सहभागिताका लागि अनुरोध गरेको छ ।

ताजा समाचार

सम्बन्धित समाचार