आगलागी हुँदा चार महिने बालकको मृत्यु

प्रकाशित:

सञ्जु महर /दार्चुला । दार्चुलाको नौगाड गाउँपालिका वडा नम्बर-३ होपरीगाडको लामिडेरा स्थित आगलागी हुँदा एकघर जलेर नष्ट भएको छ् ।

बुधबार राति स्थानीय रणबिर (रन्बिर) टमटाको पत्थरले छाएको दुई तले घरमा आगो लागेपछि घर जलेर नष्ट भएको स्थानीय बसन्त ठगुन्नाले बताएका छन् ।

विजुली सर्ट भइ आगलागी भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका निमित्त कार्यालय प्रमुख एवम् प्रहरी निरीक्षक गोबिन्द भण्डारीले जानकारी दिएका छन् ।

आगलागीमा परि रन्बिर टमटाका चार महिने छोरा विजय प्रकाश टमटाको मृत्यु समेत भएको प्रहरी भण्डारीले जनाएका छन् ।

ताजा समाचार

सम्बन्धित समाचार