कञ्चनपुरमा टयाक्टरले कुल्चिदा ६ वर्षीय बालकको मृत्यु

प्रकाशित:

महेन्द्रनगर। कञ्चनपुरमा टयाक्टरले कुल्चिदा एक जना बालकको घटना स्थलमै मृत्यु भएको छ । शनिबार जिल्लाको बेदकोट नगरपालिका वडा नम्बर ६ दैजी लालपुर भित्रि सडक खन्डमा टयाक्टरले कुल्चिदा ६ वर्षीय लब चन्दको मृत्यु भएको हो ।

सडकमा खेलीरहेको अवस्थामा से १ त ९३० नम्बरको टयाक्टरले कुल्चिदा चन्दको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता डिएसपी प्रकाश डागिले बताएका छन् ।टयाक्ट र टयाक्टर चालक बेदकोट नगरपालिका वडा नम्बर १० बस्ने राम बहादुर खुनालाई प्रहरीले नियन्त्रणमा लिइसकेको र मृतक बालकको शव शव परिक्षणको लागि महाकाली प्रादेशिक अस्पतालको शव गृहका राखिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार