महेन्द्रनगर । कञ्चनपुरमा महिला हिंसा विरुद्धको १६ दिने अभियानको आज सातौं दिन सम्पन्न भएको छ् । जिल्ला समन्वय कार्यालय कञ्चनपुरको सभाहलमा शुक्रबार उक्त कार्यक्रम गरिएको थियो । सुदूरपश्चिम भरीमा छरिएका हरेक महिलाहरूलाई सञ्चार माध्यमको सहायताले एकजुट भएर उक्त कार्यक्रम मार्फत हरेक महिलाहरूलाई आ-आफ्नो हक हितको लागि आवाज उठाउन उक्त कार्यक्रम गरिएको थियो ।

त्यसैगरी उक्त कार्यक्रममा सभापतिमा सजिवनी नेपालका पुर्व अध्यक्ष नितु भट्ट लगायत प्रमुख अतिथिमा जिल्ला समन्वय कार्यालयका उपप्रमुख रामकुमारी राना, विशिष्ट अतिथिमा बसन्ती जोशी लगायत भीमदत्त नगरपालिका वडा नम्बर-४ का सुशिल भट्टको सहभागिता रहेको थियो ।

उक्त कार्यक्रममा सजिवनी नेपालका पूर्व अध्यक्ष भट्टले समुदाय स्तरमा काम गर्न चाहने हरेक महिलाहरूलाई सजिवनी नेपालले सहयोग गर्दै आइरहेको बताइन् । उनले भनिन्, “भीमदत्त नगरपालिकाको १९ वटै वडाहरू मध्ये ५/५ जना महिलाहरूलाई उक्त कार्यक्रममा समेटेर महिला हिंसा विरुद्धको अभियानमा समावेश गरेका छौं । समाजमा घटिरहेका सामाजिक हिंसा, आर्थिक हिंसा विरुद्ध आवाज उठाउन उक्त कार्यक्रम आयोजना गरिएको हो भने, अबका दिनहरूमा हरेक महिलाहरूले आफ्नो अधिकारका लागि आवाज उठाउनु पर्ने सजिवनी नेपालका पूर्व अध्यक्ष भट्टले बताइन् ।

त्यसैगरी भीमदत्त नगरपालिका वडा- ४ का वडाध्यक्ष भट्टले गाउँदेखि लिएर हरेक टोल-टोलहरूमा गएर उक्त महिला हिंसा विरुद्धको अभियानमा मात्र नभएर बाँकिका दिनहरूमा पनि महिला हिंसा विरुद्धमा आवाज उठाउनु पर्ने बताएका छन् ।
त्यसैगरी प्रमुख अथितिका रुपमा सहभागी भएका जिल्ला समन्वय कार्यालयका उपप्रमुख रानाले अबका दिनहरूमा महिलाहरूले आफ्नो हक हितका लागि मैदानमा उत्रिनु अति नै आवश्यक रहेको बताइन् । उनले भनिन्, “समाजमा महिलाहरू लाई हेर्ने असमान दृष्टिकोणको कारणले गर्दा महिलाहरू थप हिंसाको जोखिममा रहेका छन् भने, यसलाई अबको समयमा न्युनिकरण गर्न सरकारले अझै थप नेतृत्व गर्न देखिने उनले बताइन् ।
त्यसैगरी उक्त कार्यक्रम टेवा काठमाडौं र सजिवनी नेपालको सहायतामा गरिएको उक्त कार्यक्रमका सचिव निर्मला जोशीले बताइन् । जोशीले महिला हिंसा विरुद्धको अभियान मंसिर ९ गतेदेखि सुरु भएर आज सातौं दिन रहेको र मंसिर २५ गते सम्म उक्त अभियान गरिने बताएकी छिन् ।


