बझाङ र बाजुराका भुकम्प प्रभावित घरपरिवारलाई गैरखाद्य सामग्री सहयोग

प्रकाशित:

दोधारा । बझाङ र बाजुराका ३ सय ५० भुकम्प प्रभावितहरुलाई गैरखाद्य सामग्री बितरण गरिएको छ ।

केही दिन अघि गएको भुकम्पबाट पुर्ण क्षती भएका घरपरिवारलाई नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए), डिसीए नेपाल र हेण्डीकेफ ईन्टरनेशनलले बझाङ र बाजुराका ३ सय ५० भुकम्प पिडितहरुलाई गैरखाद्य सामग्री बितरण गरिएको नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) सुद्दढ परियोजनाका कार्यक्रम संयोजक राजकुमार सुनारले जानकारी दिएका छन् ।

बाजुराका त्रिबेणी नगरपालिका, बुढी गंगा नगरपालिका, बडीमालिका नगरपालिका र बझाङका नगरपालिकाहरुमा ३ सय ५० भुकम्प पिडितहरुलाई ६८ लाख ८५ लाख ५ सय ६७ रुपैँया बराबरको गैरखाद्य सामग्री बितरण गरिएको सुद्दढ परियोजनाका कार्यक्रम संयोजक राजकुमार सुनारले बताएका छन् ।

उक्त सामग्री नगरपालिका प्रमुख, जिल्ला प्रशासन कार्यालय र क्षेत्रिय बिपद् ब्यवस्थापन समितिलाई हस्ताातरण गरिएको बताईएको छ । नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए), डिसीए नेपाल र हेण्डीकेफ ईन्टरनेशनलको एक टोल बझाङ र बाजुरामा पुगेर उक्त सामग्री हस्तान्तरण गरिएको नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) ले जनाएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार