महेन्द्रनगर । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सहिद गोविन्द गौतमको सालिकमा माल्यार्पण गरेका छन् ।

नेकपा एमाले सुदूरपश्चिमको प्रथम प्रदेश अधिवेशनको उद्घाटनका लागि धनगढी आएका उनले आइतबार बिहान कञ्चनपुरको पुनर्वास स्थित गोविन्द गौतमको स्मृति पार्कमा पुगेर सालिकमा माल्यार्पण गर्नुभएको नेकपा एमाले कञ्चनपुरका सचिव पल्लवराज भट्टले जानकारी दिए ।

“उहाँले गोविन्द गौतमको स्मृति पार्कमा पुगेर सालिकमा माल्यार्पण गर्नुभयो ।” उनले भने–“सहिद गौतमको बुबासँग समेत भेटघाट गर्नुभयो सन्चो बिसन्चो सोध्नुभयो ।” अध्यक्ष ओलीसँगै महासचिव शङ्कर पोखरेल लगायत एमालेका शीर्ष नेताहरू धनगढी आएका छन् ।



