महेन्द्रनगर । डेमोक्रेट इन्जिनियरहरुको संगठन सिडेन कञ्चनपुर च्याप्टर कमिटि बिस्तार भएको छ ।
कञ्चनपुरमा पहिलो पटक बिस्तार भएको सेन्टर फर डेमोक्रेटिक इन्जिनियर नेपाल (सिडेन) को च्याप्टर कमिटिको सभातिमा सागर हमाल निर्बिरोध निर्बाचित भएकाछन् ।
आइतबार कञ्चनपुरको महेन्द्रनगरमा नेपाली कांग्रेस निकट ईन्जिनियर्सको भेलाबाट सिडेन कञ्चनपुर च्याप्टर बिस्तार भएको हो । निर्बिरोध रुपमा कार्यसमिति चयन भएको ईन्जिनियर लोचन कार्कीले बताए ।
सभापतिमा सागर हमाल, उपसभापतिमा रोशन भाट, सचिवमा लोचन कार्की, कोषाध्यक्षमा राजन चौधरी निर्बिरोध चयन भएका छन् ।
त्यस्तै सदस्यहरुमा ज्योती देउपा, सुरेन्द्र भट्ट, आशा बोहरा, रोशन पन्त र प्रिया ठगुन्ना चयन भएका छन् ।
सुदूरपश्चिममा प्रदेश स्तरिय सिडेन कार्यकारणी समिति र कैलाली र बैतडीमा जिल्ला च्याप्टरमा बिस्तार भएपनि कञ्चनपुरमा हुँन सकेको थिएन ।
आइतबार कञ्चनपुरमा गठन भएको सेन्टर फर डेमोक्रेटिक इन्जिनियर नेपाल (सिडेन) को जिल्ला च्याप्टर कार्यकारणी समिति पहिलो हो ।