स्थानिय निकायबाट तोकिएको मापदण्ड अनुसार अटो थ्री हविलर संचालन हुनु पर्ने माग राख्दै यातायात ब्यावस्थापन समितिले बुझाए पत्र

प्रकाशित:

महेन्द्रनगर । संयुक्त बसपार्क यातायात व्यावस्थापन समिति कञ्चनपुरले अटो(थ्री हवीलर) हरु नेपाल सरकार तथा स्थाीय निकायहरुबाट तोकिएको मापदण्ड अनुसार संचालन नभएको भन्दै तोकिएको मापदण्ड अनुसार अटो(थ्री हवीलर)संचालन गर्न गराउने कार्यमा आवश्क पहल गरिदिनहुन हनुरोध गरेका छन्।

संयुक्त बसपार्क यातायात व्यावस्थापन समिति कञ्चनपुरले अटोे(थ्री हवीलर)ले सार्वजनिक यात्रु वाहक सवारी साधनलाई मार्का पार्ने कार्य गरेको हुदा निवेदन मार्फत यातातात व्यावस्थापन कार्यालय तथा जिल्ला ट्राफिक कार्यालयलाई आवश्यक पहल गरिदिनहुन हार्दिक अनुरोध गरेका छन् ।समितिले अटो(थ्री हवीलर) ले बेलडाडी,बेलौरी,पुर्नवास,रुटमा समेत दुरीको मापदण्ड विपरीत संचालन भईरहेको हुदा उक्त्त अटो(थ्री हवीलर) नियमित रुपमा संचालनमा ल्याउने कार्य अभिलम्बन गरी पाउ भनि महेन्द्रनगर,बेलौरी बेलडाडी,पुर्नवास रुटका व्यावसायीहरुले सयुक्त रुपमा सरोकार निकायलाई निवेदन मार्फत आवश्यक पहल गरिदिन अनुरोध गरेको संयुक्त बसपार्क यातायात व्यावस्थापन समिति कञ्चनपुरले जनाएको छ।

समितिले अटो(थ्री हवीलर) नेपाल सरकार तथा स्थानीय निकायहरुबाट तोकिएको मापदण्ड हनुसार संचालन नभए बेलडाडी,बेलौरी,पुर्नवास रुटमा समेत सार्वजनिक यात्रु वाहक सवारी साधन संचालन गर्ने नसकिने समिति सयुक्त्त रुपमा चेतावनी समेत दिएका छन् ।

ताजा समाचार

सम्बन्धित समाचार