बैतडीको मेलौलीमा भालुको आक्रमणबाट एक जना गम्भीर घाइते

प्रकाशित:

महेन्द्रनगर । बैतडीमा भालुको आक्रमणबाट एक जना गम्भीर घाइते भएका छन् । मेलौली नगरपालिका ३ कुजागाडका ५५ वर्षीय गज बहादुर भाट भालुको आक्रमणबाट घाइते भएका हुन् ।

वडा अध्यक्ष गगन सिह भाटले बुधबार घर नजिक जङ्गलमा गोठाला गएको समयमा उनीमाथि भालुले आक्रमण गरेको जानकारी दिएका छन् । उनको धनगढीमा उपचार भइरहेको छ ।

ताजा समाचार

सम्बन्धित समाचार