महेन्द्रनगर । कञ्चनपुर प्रहरीले अनाधिकृत रुपमा मेडिकल पसल संचालन गर्दै आईरहेका ११ जना लाई सार्वजनिक गरेको छ ।विगत लामो समय देखि कञ्चपुर जिल्लाको विभिन्न ठाँउमा अनाधिकृत रुपमा मेडिकल पसल संचालन गरि उपचार गर्दै आईरहेका ११ जना भारतीय नागरिकहरुलाई औषधी सहित नियन्त्रणमा लिई मंगलबार सार्बजनिक गरेको हो ।
मंगलबार पत्रकार सम्मेलन गर्दैे नियन्त्रणमा लिएका विभिन्न व्याक्तिहरुले लामो समय देखि विना ईजाजत जोखिमपुणर् औषधीहरुको विक्रिवितरण तथा ईलाज गर्दै आईरहेको भन्ने गोप्पे सुचनाको आधारका निज हरुलाई पक्राउ गरि सार्वजनिक गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपि कमल थापाले बताएका छन् ।
प्रहरीले दोधारा चाँदनी नगरपालिका वडा नम्बर ७ औषधी पसल संचालन गरेका भारत उद्धमसिहं नगर खटिमा घर भएका वर्ष २६ का संजय बिश्रास,कञ्चभोजमा औषधी पसल संचालक भारत पिलिभित घर भएका ४६ का राजेश बिश्रास, वर्ष ४४ सुधान्सु हवल्दार,सन्तोश सरकार,रबि बिश्रास,कार्तिक सरदार,निवास गाईन,निरन्जन अधिकारी,भुपेन्द्र पुरी,शान्तिरंजन बैरागी,गोकुल मण्डल र भीमदत्त नगरपालिका वडा नम्बर ९ ब्रहमदेवबाट थप १ जना गरि ११ जना भारतीय नागरिकलाई प नियन्त्रणमा लिएको हो ।
अनाधिकृत रुपमा मेडिकल संचालन गर्दै आईरहेका भारतीय नागरिकहरुबाट ठुलो मात्रामा मानव शरीरमा असर हुने कुनै लागु औषध,विषादी वा जोखिम पुणर् औषधी पक्राउ गरि नष्ट गरेको छ ।कञ्चनपुर प्रहरीले पक्राउ गरेका व्याक्तिहरुले नाम विनाको मेडिक संचालन गरेको,पसमा कुनै बोर्ड नरहेको,ंईजाजत पत्र नराखेको, जस्ता गैर कानुनी काम गरेकोले रीतपुर्वक मुचुललका तयार गरि कानुन बमोजिम कारवाहि होस् भन्ने प्रतिवेदन तयार गरेको एसपी थापाले बताए ।
यदि कुनैपनि मानिसले नेपाल सरकारबाट मान्यता प्राप्त चिकित्सकको सल्लाह विपरित जोखिमपुणर् औषधी बिक्रिवितरण तथा भन्डारण गरेको पाईएमा मुलुकिय अपराध संहिता २०७४ को परिच्छेद १९ ईलाज सम्बन्धी कसुर अनुसार दुई वर्ष कैद वा २० हजार जरिवाना वा दुवै सजाय हुने कानुनी व्यावस्था रहेको छ ।पहरी प्रमुख थापाले भीमदत्त नगरपालिका भित्र पनि गैरकानुनी रुपमा संचालनमा रहेका मेडिमलहरुलाई छिटो भन्दा छिटो कानुनी दायरामा ल्याउने बताएका छन् ।