कञ्चनपुरमा पहिलो पटक पुनर्वास नगरपालिकाले सञ्चालनमा ल्यायो निःशुल्क महाप्रस्थान यान (घरदेखि घाट सम्म)

प्रकाशित:

-किशोर तामाङ ।
कञ्चनपुरको पुनर्वास नगरपालिकाले महाप्रस्थान यान सञ्चालनमा ल्याएको हो । नगरपालिकाले नगरवासीका लागि निःशुल्क सेवा दिने उद्देश्यले महाप्रस्थान सञ्चालनमा ल्याएको हो ।

अन्तिम संस्कारका लागि पार्थिव शरीर घाटसम्म पुर्याउन गाडी नपाउने समस्यालाई मध्यनजर गरेर परिवारको सदस्य गुमाउँदा परिवार नै शोकमा डुबेको अवस्थामा शुल्क तिरेर पनि शव वाहन पाउन मुस्किल हुने समस्यालाई ध्यानमा राखेर ननगरपालिकाले महाप्रस्थान यान निःशुल्क वाहन सञ्चालन ल्याइएको नगरप्रमुख तोय प्रसाद शर्माले जानकारी दिनुभयो।

नगरको बजेटबाट महाप्रस्थान यान खरिद गरेको बताउँदै उनले सो महाप्रस्थान यान मङ्गलवार देखि सञ्चालनमा आउने जानकारी दिए । नगर प्रमुख शर्माले नगरका स्थानीयको समस्यालाई मध्यनजर गर्दै घर देखि घाट सम्म निःशुल्क रूपमा उक्त महाप्रस्थान यान द्धारा पार्थिव शरीर पुर्याउने ब्यवस्था नगरपालिकाकले गर्ने बताउनुभयो।

यानमा पार्थिव शरीरलाई सम्मानसहित दाहसंस्कारको लागि लैजान व्यवस्था गरिएको छ । महाब्प्रस्थान यानको अगाडिको भागमा फूलमालासहित मृतकको फोटो समेत राख्न सकिने ब्यवस्था गरिएको छ।

ताजा समाचार

सम्बन्धित समाचार