महेन्द्रनगर । दिपायल सिलगढी नगरपालिका–८ देउरा गाउँ लडागडाका ६० वर्षीय धरु कडायत मृत अवस्थामा फेला परेका छन् ।

सोही गाउँपालिकास्थित गोगनपानी सामुदायिक वनमा शनिबार कडायत मृत अवस्थामा फेला परेको प्रहरीले जनाए ।

गत ११ गते घरबाट हिँडेका उनी नफर्किएपछि खोजी गर्ने क्रममा उक्त वनमा शव फेला परेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाए ।
