महेन्द्रनगर । कैलालीको भजनी नगरपालिका–३ कुसुमघाटबाट प्रहरीले अवैध लागूऔषध खेरो हिरोइनसहित एक जनालाई पक्राउ गरेको छ ।
करिब ४ सय ७० मिलिग्राम खैरो हेरोइनसहित जानकी गाउँपालिका–२ खर्गुवार बस्ने २३ वर्षीय सुदिप चौधरीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
ईलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका चौधरीलाई जाँच गर्ने क्रममा उक्त पदार्थ सहित फेला पारेको थियो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।