Tuesday, April 30, 2024

कञ्चनपुरको दोधारा चाँदनीमा सामाजिक विकास मन्त्रालयद्धारा प्राथमिक स्वास्थ्य केन्द्रको अनुगमन

प्रकाशित:

महेन्द्रनगर । सामाजिक विकास मन्त्रालयका सचीव द्धारा कञ्चनपुरको दोधारा चाँदनी प्राथमिक स्वास्थ्य केन्द्रको निरिक्षण गरिएको छ ।

विहीवार केहि औषधी सहित मन्त्रालयका सचीव दिपक लामीछानेले स्वास्थ्य केन्द्रको अनुगमन गरेका हुन ।

दोधारा चाँदनी प्राथमिक स्वास्थ्य केन्द्रको टोलीले स्वास्थ्य सेवा सुधारका लागी मन्त्रालयमा अनरोध गरेपछी सामाजिक विकास मन्त्रालयका सचीव दिपक लामीछानेले स्वास्थ्य केन्द्रको अनुगमन गरेका हुन ।

स्वास्थ्य आपुर्ति व्यवस्थापन महाशाखाका प्रमुख डा. निरज आर्याल तथा आयुर्वेद शाखा प्रमुख डा.चेतराज जोशी सहीतको टोली संगै दोधारा चाँदनी नगरपालिका स्थीत प्राथमिक स्वास्थ्य केन्द्रको अनुगमनमा पुगेका सचीव लामीछानेले जनसंख्या र भुगोलको हिसाबले ठुलो नगरपालिका भएकाले यहाँको स्वास्थ्य सुधारका लागि आवश्यक जनशक्ति, स्वास्थ्य उपकरण, औषधी लगायतको सहयोगको लागी सामाजिक विकास मन्त्रालय सदैव तत्पर रहेको बताए ।

दोधारा चाँदनीे प्राथमिक स्वास्थ्य केन्द्रले अहिले दिईरहेको सेवामा थप सुधार गर्दै जाने र यसमा प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले गरेको सहयोगको प्रतिवद्धता बाट आफुहरु थप उत्साहित भएको स्वास्थ्य केन्द्रका प्रमुख डा.जयानन्द प्रसाद शाहले बताए ।

आउने दिनमा यहाँका नागरिहरुको लागी उच्चस्तरीय सेवा दिन तत्वर समेत रहने बताए ।

दोधारा चाँदनी नगरपालिकाका प्रवक्ता तथा दोधारा चाँदनी प्राथमिक स्वास्थ्य केन्द्र व्यवस्थापन समितिका अध्यक्ष ओम बस्नेतले यहाँको स्वास्थ्य सेवा सुधारका लागी सबैले मिलेर अगाडि बढ्नु पर्ने बताएका छन् ।

अस्पताल सुधार गर्न नसके यहाँका नागरिकहरुले भारतमा गएर ठगिनु पर्ने बाध्यता रहेको हुदा हामी सबै स्वदेशमै गुणस्तरीय स्वास्थ्य सेवाका लागी प्रतिवद्ध रहेको समेत बताए ।

सामाजिक विकास मन्त्रालयका सचिव लामीछाने सहितको टोलीले अस्पतालको अनुगमन संगै कुपोषण भएका बालबालिकाहरुको लागि आवश्यक औषधी तथा पोषण युक्त खाद्यसामग्रीहरु समेत हस्तान्तरण गरेको छन् ।

ताजा समाचार

सम्बन्धित समाचार