महेन्द्रनगर माध्यामिक विद्यालय(साधारण स्कुल)मा थप भवन निर्माण हुँदै

प्रकाशित:

महेन्द्रनगर । भीमदत्त नगरपालिका-१८ कटान स्थित महेन्द्रनगर माध्यामिक विद्यालय(साधारण स्कुल)मा थप पक्कि भवन निर्माण हुँदै छ ।

सोमबार एक कार्यक्रमका विच भीमदत्त नगरका उपप्रमुख निलम लेखकले शिलान्यास गर्दैै विद्यालयको भौतिक बृद्धि विकासका लागि नगरपालिबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेकी छिन ।

विद्यालयका प्रध्यानाध्यापक ललित सिह साउदले नमुना विद्यालय कार्यक्रम अन्र्तरगत थप भवन निर्माण हुने बताए ।

प्रअ साउदका अनुसार ३तले १२ कोठाको भवन निर्माण हुने छ । उक्त भवनको निर्माणको जिम्मेबारी नरसिह राखी जगदम्बा कस्ष्ट्रक्सन जेभीले पाएको छ ।

नरसिह राखी जगदम्बा कस्ष्ट्रक्सन जेभीका संचालक चक्र्रसिह कार्कीले १करोड ४६ लाख लागतमा भवन निर्माणको जिम्मेबारी पाएको बताउँदै समयमै निर्माण गर्ने बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिरेन्द्रराज विष्टले भवन निर्माणसंगै थप शैक्षिक गतिबिधी गर्न सहज हुने बताए ।

विद्यालयको भौतिक एव शैक्षिक गुणस्तरबृद्धिका लागि थप योजना अघि संचालन गर्ने बताए । शिलान्यास कार्यक्रमको सचालन सहायक प्रअ सरस्वती भाट(धामी)ले गरेकी थिईन ।

कार्यक्रममा जनप्रतिनिधी,विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षाका कर्मचारी सहित अभिभावकको उपस्थिति रहेको थियो ।

ताजा समाचार

सम्बन्धित समाचार