एमालेको र्‍यालीमा ढुंगा प्रहार

प्रकाशित:

महेन्द्रनगर । सुनसरीको दुहबीमा नेकपा एमालेको विजय र्‍यालीमा आक्रमण हुँदा स्थिती तनावग्रस्त बनेको छ ।

एमालेबाट विजयी भगवती चौधरी, प्रदेश सभा सदस्यमा निर्वाचित रोहितबहादुर कार्कीको विजय र्‍यालीमा आक्रमण भएको हो । र्‍यालीमा आक्रमण गरेपछि एमालेका कार्यकर्ताले आक्रमणकारीमाथि जाइलाग्दा दोहोरो झडप भएको थियो ।

ढुंगा प्रहारबाट एमालेका ३ कार्यकर्ता घाइते भएका छन् । अहिले स्थिती नियन्त्रणमा आएको र त्यसक्षेत्रमा व्यपार सुरक्षाकर्मी परिचालन गरिएको प्रहरीले जानकारी दिएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार