महेन्द्रनगर । कैलालीमा मोटरसाइकल दुर्घटनामा प्रहरी हवलदार गम्भीर घाइते भएका छन् । कैलारी गाउँपालिका–१ भर्री चोकमा सुदूरपश्चिम प्रदेश ०१००८ प ४८१२ नम्बरको मोटरसाइकलले साइकल यात्रीलाई ठक्कर दिदा भएको दुर्घटनामा ट्राफिक प्रहरीका हवलदार गम्भीर घाइते भएका हुन।

घाइते हुनेमा अस्थायी ट्राफिक पोष्ट हसुलियामा कार्यरत प्रहरी जवान अनिल कुमार रावल रहेको कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक९डीएसपी० योगेन्द्र तिमिल्सिनाले जानकारी दिए ।

उनकाअनुसार रावलले चलाएको मोटरसाइकलले साइकल यात्री कैलारी गाउँपालिका–३ का २६ वर्षीय चौधरीलाई ठक्कर दिएको थियो । ठक्करबाट चौधरी सामान्य घाइते भएपनि रावलको अवस्था भने गम्भीर छ । टाउकोमा चोट लागेर बेहोस भएका रावलको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ भने चौधरी पनि सेतीमै उपचाररत छन् ।



