डोटी । डोटीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।जिल्लाको आदर्श गाउँपालिका ९६ रौसेल्ला भन्ने ठाउँमा भएको दुर्घटनामा परी आदर्श गाउँपालिका९३ काँडीस्याउलेका करिब २२ वर्षयका सुबोध रोकाया र १९ वर्षीय कैलाश बिकको मृत्यु भएको हो।

दुर्घटना राति करिब रााढे १२ बजे भएको हो। प्रहरीका अनुसार उनीहरुको घटनास्थलमै मृत्यु भएको हो। गिरिचौकाबाट काँडीस्याउलेतर्फ आउँदै गरेको सु।प।प्र। ०१ ००१ च ३९२३ नं को बोलेरो जिप घुम्तीबाट खसेको जिल्ला प्रहरी कार्यालय, डोटीले जानकारी दिएको छ।

मृतक दुवैको शव र दुर्घटनाग्रस्त जिपसँगै सडकबाट करिब ९०० मिटर तल सायली गाडमा खसेको छ। मृतकहरूको शव खोलाबाट सडकमा ल्याउने कार्य भइरहेको प्रहरीले जनाएको छ। जिप मृतक सुबोध रोकायाले चलाएका थिए।



